त्रिभुवन आर्मीलाई मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि

बाँकेको कोहलपुरमा सञ्चालित ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि त्रिभुवन आर्मीले हात पारेको छ । आज भएको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च ब्वाइजलाई २–० ले गोेल गर्दै त्रिभुवन आर्मीले उपाधि जितेको हो ।

विजेता त्रिभुवन आर्मीले आठ लाख रुपैयाँ नगद र दोस्रो स्थानमा आएको चर्च ब्वाइज क्लबले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको आयोजक रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताउनुभयो । उनका अनुसार त्रिभुवन आर्मीका खेलाडीले खेल सुरु भएको ३२औँ मिनेटमा सराज श्रेष्ठले गोल गरेका थिए भने दोस्रो हापको ७६औँ मिनेटमा मानबहादुर आलेमगरले गोल गरेका थिए ।

त्रिभुवन आर्मीका खेलाडी आलेमगरलाई म्यानअफ द म्याज घोषणा गरियो । उहाँलाई पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा आर्मीका टङ्क बस्नेतलाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर गोल्डकपलाई संस्थागत बनाउन सङ्घीयदेखि स्थानीय सरकारको सहयोग हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर