एन्फा अध्यक्ष नेम्वाङविरूद्धको अविश्वास प्रस्ताव अस्वीकृत

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्ने प्रस्ताव अस्वीकृत भएको छ।

हेटौंडामा आज विशेष साधारणसभामा भएको मतदानबाट नेम्वाङलाई हटाउने प्रस्ताव अस्वीकृत भएको हो।

५३ मत खसेकोमा नेम्वाङको पक्षमा ५२ मत र एक मत बदर भएको छ। एन्फाका अनुसार ८६ जना मतदातामध्ये ३४ जनाले मतदानमा भाग लिएनन्।

नेम्वाङविरूद्ध गएको भदौमा एन्फाका ४९ जना सदस्यले बर्खास्तीको माग राखेर विशेष साधारणसभाको माग गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर