नक्कली नोटसहित काठमाडौं र पर्साबाट तीन जना पक्राउ

नक्कली नोटसहित काठमाडौंबाट १ जना र पर्साबाट २ जना गरी ३ जना शुक्रबार पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-९, पिंगलास्थानबाट १ हजार दरको ४ थान नक्कली नोटसहित काठमाडौं महानगरपालिका जडिबुटी बस्ने धनुषा घर भएका १८ वर्षीय किशोरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरले नक्कली नोट बोकी हिँडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।

यसैगरी पर्सा वीरगञ्ज महानगरपालिका-८, घण्टाघरबाट १ हजार दरको ३८ थान नक्कली नोटसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाराको कलैया उपमहानगरपालिका-३ बस्ने २५ वर्षीय उमे कुमार पटेल र वीरगञ्ज महानगरपालिका-३१ कोनिया बस्ने २३ वर्षीय ऋषि पटेल रहेका छन् ।

घण्टाघरस्थित सिटी मार्केटको कपडा पसलमा कपडा किन्दा उमेशले नक्कली रूपैयाँ दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको प्र.२-०३-००१ प ८९० नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर