नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

सरकारले नेपालमा चिनियाँ एप टिकटक बन्द गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनका अनुसार टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो।

टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने र मन्त्रालयले बन्द गर्ने प्रक्रियामा लैजाने मन्त्री शर्माले बताइन्।

‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रूपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यससम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर