नेपाली राजदूत अधिकारी र हरिपुर उद्योग वाणिज्य संघका अध्यक्षबीच भेटवार्ता

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले हरिपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एचसीसीआई) का अध्यक्ष मुहम्मद तैयब खान स्वातीसँग भेटवार्ता गरेका छन्।

बिहीबार हरिपुर, खैबर पख्तुनख्वामा रहेको एचसीसीआईको कार्यालयमा उनले अध्यक्ष स्वातीसहितका पदाधिकारीसँग भेटवार्ता गरेका हुन्।

भेटमा आफूले नेपाल र पाकिस्तानमा आर्थिक अवसरहरू विस्तार गर्न द्विपक्षीय र क्षेत्रीय आर्थिक सहयोगमा केन्द्रित हुँदै उनीहरूसँग लामो अन्तर्क्रिया गरेको बताए।

उनीहरूलाई आफ्ना उत्पादनहरू र व्यापार नेटवर्किङका लागि नेपालमा व्यापार अवसरहरू विस्तार गर्न आगामी मार्च २०२४ काठमाडौंमा हुने नेपाल एक्सपोमा सहभागितका लागि निमन्त्रण गरे।

प्रत्यक्ष वैदेशिक लगानी र नेपालमा व्यवसायका लागि उपलब्ध अन्य सुविधासम्बन्धी नेपाल सरकारको नीतिलाई आफूले भेटमा जानकारी गराएको राजदूत अधिकारीले बताए।

राजदूत अधिकारीलाई स्वागत गर्दै अध्यक्ष स्वातीले पाकिस्तानको अर्थतन्त्रमा हरिपुरको योगदानबारे चर्चा गरे।

अधिकारीले फ्रोबेल हाउस स्कुल एण्ड कलेज, हरिपुरको पनि भ्रमण गरे र शिक्षक र विद्यार्थीहरूसँग अन्तर्क्रिया गरे ।

त्यसैगरी हत्तर औद्योगिक क्षेत्रको पनि भ्रमण गरी केही औद्योगिक इकाइको उत्पादन सुविधा अवलोकन गरे। ४०० भन्दा बढी उत्पादन इकाइहरू भएको हात्तर औद्योगिक क्षेत्र पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर