दोस्रो लालझाडी कप फुटबल सुरू

दोस्रो लालझाडी कप फुटबल प्रतियोगिता आजदेखि सुरू भएको छ ।

कञ्चनपुरको लालझाडी गाउँपालिकाको समन्वय तथा खेलकुद विकास समिति लालझाडीको आयोजनामा प्रारम्भ भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले उद्घाटन गरे । त्यस अवसरमा उनले खेलकुदका पूर्वाधार बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिकाका अध्यक्ष निर्मल रानाले खेलकुदका पूर्वाधार निर्माणलाई आफूले प्राथमिकतामा राखेकोे बताए ।

आजदेखि दुई सातासम्म सञ्चालन हुने प्रतियोगितामा २४ वटा टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितमा प्रथम हुने टोलीलाई दुई लाख ५५ हजार पाँच सय ५५ रूपैयाँ र द्वितीय हुनेलाई एक लाख ५५ हजार पाँच सय ५५ रूपैयाँ प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई पाँच हजार रूपैयाँका दरले पुरस्कृत गरिने छ ।

प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेलाई एक हजार एक सय रूपैयाँ प्रदान गरिने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर