काठमाडौंमा नक्कली नोटसहित दुई महिला पक्राउ

नक्कली नेपाली नोटसहित दुई जना महिला काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-७, कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बूढानीलकण्ठ नगरपालिका-१२, कपन डेरा गरी बस्ने ओखलढुंगा कुइभिरकी ४१ वर्षीया मैयाकुमारी घिमिरे रहेका छन् ।

सिर्जनाको साथबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

सिर्जना र मैयाकुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका-७, कोलागालबाट सिर्जनालाई सोमबार राति पक्राउ गरेको हो ।

यस्तै प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैयाकुमारीलाई बूढानीलकण्ठ नगरपालिका-१२, कपन नीलोमाइक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर