चार महिनामा भारतलाई बेचियो १२ अर्ब ३७ करोडको बिजुली

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो चार महिनामा नेपालले भारतलाई १२ अर्ब ३७ करोड रूपैयाँ बराबरको विद्युत बिक्री गरेको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा १२ अर्ब ३७ करोड रूपैयाँको विद्युत भारततर्फ निर्यात गरिएको हो।

साउनमा २ अर्ब १५ करोड, भदौमा ३ अर्ब ४८ करोड, असोजमा ४ अर्ब ४ करोड र कात्तिकमा २ अर्ब ७० करोड रूपैयाँको विद्युत भारतीय बजारमा निर्यात भएको हो।

विद्युत निर्यातले नेपाल र भारतबीचको व्यापार घाटा कम गरेको र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरू गरेको थियो।

प्राधिकरणले आईएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगमलाई बिक्री गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर