नयाँ कार्यालयमा सर्दै प्रधानमन्त्रीले भने- पुरानोमा गुम्म परेर बस्नुपर्थ्यो, अब दिमाग फुर्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कामको प्रकृति र गुण नयाँ ढंगबाट अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

बुधवार सिंहदरबारमा पश्चिमतर्फको (रेट्रो फिटिङ भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै उनले स रकारका कामकारबाही अब नयाँ ढंगबाट अघि बढाउने बताएका हुन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मात्रै नसारिएको बताउँदै कामको प्रकृति र गुण पनि अब नयाँ ढंगले जाने संकल्प पनि रहेको महसुस गरेको बताए।

पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै उनले अब ताजा भई काम गर्न पाएको महसुस गरेको बताए।

उनले भने, ‘मलाई कता-कता अहिले भइरहेको ठाउँमा बस्दा गुम्म परेको, त्यति फ्रेस नहुने जस्तो लाग्थ्यो, यो ठाउँमा आउँदा अलिकति सबैतिर देखिने, निस्किएर हेर्न पाइने, स्पेस पनि ठूलो कारणले अलि बढी दिमाग फुर्छ भन्ने महसुस गरेको छु।’

नयाँ भवन शुभारम्भले नयाँ गति पक्रिने र एकता अझ बलियो बन्ने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर