क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरूद्ध संसदीय समितिमा दुई उजुरी

सरकारले क्यानडाको राजदूतमा सिफारिस गरेका भरतराज पौड्यालविरूद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेका छन् ।

संसदीय सुनुवाइ समितिले कात्तिक १५ गते पौड्यालविरूद्ध उजुरी आह्वान गरेकमा दुईवटा उजुरी परेका हुन् ।

उनीविरूद्ध परेका दुईमध्ये एक उजुुरीमा उनले सरकारी कर्मचारीलाई प्राप्त छात्रवृत्तिमा आफ्नी छोरीलाई पढाएको आरोप लगाइएको छ भने अर्कोमा उनको नैतिकतामाथि प्रश्न उठाइएको छ ।

आफ्नी छोरीलाई सरकारी कर्मचारीका लागि प्राप्त छात्रवृत्तिमा पढाएको गम्भीर आरोप लगाउँदै उनी राजदूतका लागि योग्य नरहेको दाबी उजुरीमा गरिएको छ ।

‘नेपाल सरकारबाट आउने स्विटजरल्याण्डको ‘मास्टर्स अफ एड्भान्स स्टडिज युरोपियन एण्ड इन्टरनेसनल गभर्नेन्स स्कलरसिप’ कर्मचारीलाई नदिएर आफ्नो छोरी पल्लभी पौड्याललाई दिलाए । निजको छोरी कर्मचारी नभएर विदेशमा पढ्ने विद्यार्थी हुन्,’ उजुरीमा भनिएको छ ।

उजुरीकर्ताको दाबीअनुसार उक्त छात्रवृत्तिअन्तर्गत प्रतिमहिना ६ लाख प्राप्त हुन्छ र छात्रवृत्तिको अवधि दुई वर्षको छ । उजुरीकर्ताले उजुरीमा लेखेका छन्, ‘नेपाल सरकारका कर्मचारीले छात्रवृत्तिपछि फर्केर देशको सेवा गर्न महत्त्वपूर्ण यो कोर्स दुरूपयोग गरेर यिन (प्रस्तावित राजदूत) ले राष्ट्रघात गरेका छन् ।’

साथै परराष्ट्र सेवाबाट राजदूत सिफारिस गर्दा सेवा अवधि बाँकी रहेकाहरूलाई अवसर दिइनुपर्नेमा सेवानिवृत्त हुन लागेका व्यक्तिलाई पठाउन खोजिएकाले यसलाई रोक्नुपर्ने अर्को उजुरी छ ।

गत कातिक २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकारको प्रोटोकलमा क्याबिनेट मन्त्रीसरह हैसियत र सुविधा पाउने गरी पौड्याललाई राजदूत सिफारिस गरेको हो ।

परराष्ट्रसचिव रहेका पौड्याल २० मंसिरमा सेवानिवृत्त हुँदै थिए । सेवानिवृत्त हुनुअगाडि उनको नाम राजदूतका लागि सिफारिस भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर