बेथानचोकका विद्यार्थीले बनाए ‘स्मार्ट’ कार र ‘रोबोट’

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका विद्यार्थीले ‘रोबोटिक’ तालिम लिएर विभिन्न किसिमका विद्युतीय सामग्री बनाएका छन् । इञ्जिनियरिङ सङ्कायका मेधावी विद्यार्थीबाट कक्षा ९, १० ११ र १२ का विद्यार्थीले तालिम लिएपछि उनीहरूले यन्त्रमानव (रोबट) बनाएर शुक्रबार गाउँपालिकाको प्राङ्गणमा प्रदर्शन गरेका हुन् ।

विद्यार्थीले बनाएका विद्युतीय खेलौना, स्मार्ट कार, फोहर फाल्ने भाँडो र विद्युतीय बल्बलाई ‘एप’ निर्माण गरी त्यसलाई विद्युत्को माध्यमबाट अनुकूलतामा चलाएर प्रदर्शन गरेका हुन् । बेथानचोक गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी सन्दीप तामाङले तीन दिनसम्म तालिम लिएर स्मार्ट कार बनाएर आफू अनुकूलतामा चालाउन सक्ने बनेको बताए । ‘बनेका स्मार्ट कारलाई विद्युतीय माध्यमबाट चलाउने र त्यसलाई नियन्त्रण गर्नसक्ने सीप सिक्न सफल भए’ उनले भने ।

भीमसेनेश्वर माध्यमिक विद्यालयका अर्का विद्यार्थी रोज खत्रीले तालिमबाट नयाँ ज्ञान लिन पाएकोमा खुसी लागेको बताए। कालिका माध्यमिक विद्यालयका रोजन तामाङले बनाउन सिकेको सामग्रीलाई प्रयोगमा ल्याएर सुविधा उपभोग गर्न प्रेरित गरेको बताए।

अर्का विद्यार्थी अर्पणा तामाङले तालिमबाट घरको छतमा राखिएको पानी ट्याङ्कीमा पानी सकिएको र त्यो भरिएको जनाउ दिने ‘साइरन’ जडानको सीप सिकेको बताए ।

गुजरातमा इलेक्ट्रिकल इञ्जिनियरिङ अध्ययनरत तालिमका प्रशिक्षक प्रसान्तकुमार चौधरीले विद्यार्थीलाई ब्ल्युटुथ कन्ट्रोल कार, ब्याट्रीबाट चलाउन मिल्ने गाडी, स्मार्ट डस्टविन र स्मार्टहोम अटोमेसिन बनाउने विधि र प्रविधिको बारेमा ज्ञान दिएको बताए । विद्यार्थीलाई उनीहरूको तहगत कक्षाअनुसार प्रविधिको बारेमा ज्ञान दिएको बताए ।

वेथानचोक पालिकाका अध्यक्ष भगवान् अधिकारी हरेक विद्यार्थीलाई फुर्सद हुँदा चिया चौतारीमा गफ गरेर समय बिताउने नभई प्रविधिको क्षेत्रमा पनि बालबालिकालाई उत्प्रेरित गर्ने उद्देश्यले प्रशिक्षाणको व्यवस्था गरिएको बताउछन् ।

तालिममा आधारभूत र माध्यमिक तहका विज्ञान शिक्षक÷शिक्षिका र कक्षा ८ देखि १२ सम्मका ४० जना विद्यार्थीलाई तालिममा सहभागी गराइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर