शरणार्थी प्रकरणमा आजदेखि सरकारी वकिलले बहस गर्दै

भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरूले दिएकाे रिट निवेदनमाथि आजबाट सरकारी वकिलले बहस गर्ने भएका छन्। उच्च अदालत पाटनमा दायर रिटमा २० जना निवेदकका तर्फका कानुन व्यवसायीको बहस सकिएसँगै सरकारी वकिलले बहस गर्न लागेका हुन्।

उच्च अदालत पाटनमा गत सातादेखि बहस जारी छ । बुधबार सरकारी वकिलको बहस सकिएपछि बिहीबार अभियुक्तका वकिलले जवाफी बहस गर्ने छन् । उच्च अदालत पाटनका श्रेस्तेदार ठगिन्द्र कट्टेलका अनुसार शुक्रबार फैसला आउने सम्भावना छ ।

सोमबारदेखि पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका वकिलहरूले प्रतिरक्षा बहस गरेका थिए । उनीहरूको बहस मंगलबारको खाजा ब्रेकअघि सकिएको थियो । खाजा ब्रेकपछि अभिभयुक्तहरू रामशरण केसी, केशव तुलाधर र सागर राईको तर्फबाट प्रतिरक्षा बहस भएको थियो । यससँगै प्रतिवादीहरूका वकिलहरूको बहस टुंगिएको हो ।

आजदेखि सरकारी वकिलका तर्फबाट बहस हुनेछ। सरकारी वकिलको बहस सकिएपछि निवेदक (प्रतिवादी)का कानुन व्यवसायीले जवाफी बहस गर्ने छन्। त्यसपछि पुनरावेदन निवेदनमा उच्च अदालतको फैसला आउनेछ।

भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतको आदेशविरुद्ध थुनामा रहेकाहरुले उच्च अदालत पाटनमा आफूहरु थुनाबाहिरै रहेर मुद्दा लड्न पाउनेगरी निवेदन दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *