१९४ सदस्य राष्ट्रलाई पछि पार्दै इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ ।

मंसिर १२ देखि अष्ट्रियाको भियनामा भइरहेको इन्टरपोलको ९१ औं महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो ।

‘युवा प्रहरी नेतृत्वकर्ताहरूका लागि इन्टरपोल १०० विश्वव्यापी भिडियो प्रतियोगिता’ मा नेपाल प्रहरीका निरीक्षकद्वय नारायण थापा र उमेश गुरूङ श्रेष्ठले बनाएको छोटो भिडियो सर्वोत्कृष्ट भएको हो ।

निरीक्षकद्वयद्वारा निर्मित जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, कृत्रिम बुद्धिमत्ताका कारण भविष्यमा हुन सक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न इन्टरपोलको अहम् भूमिका हुने विषय समेटिएको ‘ग्रह बचाऔं-इन्टरपोल १००’ विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट हुन सफल भएको हो ।

इन्टरपोलको ९१ औं महासभाको पहिलो दिन इन्टरपाेलका प्रेसिडेन्ट मेजर जलर डा. अहमद नासिर अल रायसीले नेपाल प्रहरीलाई सम्मानस्वरूप प्रमाणपत्र प्रदान गरे ।

महासभामा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी छ । महासभा शुक्रबारसम्म चल्ने छ ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर