एकीकृत समाजवादीले बोलायो केन्द्रीय सचिवालय बैठक

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।

पार्टीको ६९ औँ केन्द्रीय सचिवालय बैठक यही मङ्सिर १८ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।

उनका अनुसार उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल हुनेछ । त्यसैगरी पार्टीको कार्यविभाजन समेटेर जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानी-११) लगायतका विषयमा छलफल गर्ने तयारीसमेत रहेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर