ललितपुरमा लाखौं नगद तथा गरगहना चोरी गर्ने ५ जना पक्राउ

ललितपरकाे भैंसेपाटीमा लाखाैं नगद तथा गरगहना चाेरी भएकाे घटनामा ५ जना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका-२५, सैंबु आवास भैसेपाटी बस्ने डा.फाहद आलमको घरबाट अमेरिकी डलर, सुनको औंठी, म्याकबुक, ल्यापटप,समेतका विभिन्न धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१८, विनायक कोलोनी भैंसेपाटी बस्ने २३ वर्षीय सविन रोक्का, काठमाडौं नागार्जुन नगरपालिका-८, भीमढुंगा घर भई ललितपुर पुल्चोक बस्ने २७ वर्षीय मनोज नेपाली, मकवानपुर बागमती गाउँपालिका-१, बन्जरे बस्ने २० वर्षीय राजु तामाङ भन्ने राजु भोलन र रामेछाप गोठगाउँ गाउँपालिका-७, गोठगाउँ घर भई भक्तपुर बालकोट डेरा गरी बस्ने ३९ वर्षीय उमेश श्रेष्ठ रहेका छन् ।

उनीहरूमध्ये सविन र राजु चोरी गर्ने तथा मनोज र उमेशले चोरी गरेको अमेरिकी डलर सटही गर्ने गरेको अनुसन्धानमा खुलेको छ । साथै प्रहरीले चोरी गरेका सामानहरू विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा फेला पारी बरामद गरेको छ ।

उनीहरूमाथि जिल्ला अदालत ललितपुरबाट डाँका चोरी कसुरमा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी ललितपुर महानगरपालिका-१८, भैंसेपाटीस्थित कामेश्वर यादवको घरकोठा तथा उनकै घरमा डेरा गरी बस्ने शोभा ढकालको कोठासमेतबाट करिब १९ लाख ४२ हजार ६ सय रूपैयाँ बराबरको नगद तथा जिन्सी धनमाल चोरी भएको घटनामा एक जना पक्राउ परेका छन् । दोलखा मेलुङ गाउँपालिका-३, शैलुंगेश्वरी घर भई ललितपुर बुङमती बस्ने ४० वर्षीय अमर भन्ने अम्बरबहादुर तामाङलाई मंसिर ५ गते प्रहरीले पक्राउ गरेको हाे ।

उनलाई अमेरिकी डलर ४ हजार ४ सय, भारतीय रूपैयाँ ५६ हजार ८ सय, सुन विभिन्न गरगहनालगायतका सामानसहित प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर