विप्लव र प्रकाण्डसहितका नेताविरूद्ध ३५ दिने पक्राउ पुर्जी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतले सरकारले दर्ता गरेको राज्यविरूद्धको कसुरका दुई मुद्दामा चार नेताहरूविरूद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेकाे हाे ।

अदालतले सोमबार गोरखापत्रमा प्रकाशन गरेको सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।

त्यस्तै राज्यविरूद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

९ असोज २०७६ मा दर्ता भएको मुद्दामा उनीहरूमाथि संघीय इकाइहरूबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरूबीचको सुसम्बन्धमा खलल पारेर राज्यविरूद्धको कसुर गरेको अभियोग छ ।

अभियोगपत्रमा माइला लामासहित दिपेश राई, खड्गबहादुर विश्वकर्मा, हेमन्त प्रकाश ओली, उदयबहादुर चलाउने, चन्द्रबहादुर खड्का, राजु कार्की, नेत्रविक्रम चन्द, नवीन विष्ट र केदार खतिवडालाई विपक्षी बनाइएको थियो ।

त्यही दिन हरिबहादुर खड्का, नेत्रविक्रम चन्द, माइला लामा (भीमढुंगा), माइला लामा (कामपा–९), सुरेन्द्र महर्जनविरूद्धको राजद्रोहको अर्को मुद्दा पनि दर्ता भएको थियो । उनीहरूमाथि संगठित आपराधिक समूहमा आबद्ध भई विष्फोटक पदार्थसम्बन्धी कसुर गरेको आरोप छ ।

उनीहरू फरार भएको, प्रहरीले अदालतमा उपस्थित गराउन नसकेको भनेपछि इजलासले नै उनीहरूलाई उपस्थित गराउनु भनी ३५ दिने वारेन्ट जारी गर्न आदेश दिएको थियो । १० मंसिरमा इजलासबाट भएको आदेशअनुसार जिल्ला अदालत प्रशासनले गोरखापत्रमा सूचना निकालेको हो ।

हेर्नुहाेस् पक्राउ पुर्जी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *