विमानस्थलबाट बरामद १४ किलो सुनबारे छानबिन गर्न समिति गठन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन भएको छ ।

विमानस्थल भन्सार कार्यालयले भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति बनाएको हो । समितिमा प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा सदस्य छन् ।

बिहीबार राति करिब १४ किलो सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घले पक्राउ गरेका थिए ।

सुन बोकेर ल्याउने घलेसहित सुन किन्ने र ल्याउने कार्यमा संलग्न रहेका गोरखाका मीनबहादुर घलेलाई समेत नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर