हेटाैंडामा गोली प्रहार भएको घटनामा पिस्तोल र गोलीसहित तीन जना पक्राउ

मकवानपुरमा पिस्तोल र गोलीसहित तीन जना पक्राउ परेका छन्।

हेटौंडा उपमहानगरपालिका-१० बाट १ थान पिस्तोल र २० थान गोलीसहित सोही उपमहानगरपालिका-९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सोही उपमहानगरपालिका-९ स्थित सूर्यप्रसाद पौडेलको घरमा मंसिर १८ गते गोली प्रहार भएको घटनाको अनुसन्धानका क्रममा घटनामा उनीहरूको संलग्नता खुलेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

साथै उनीहरूबाट हतियार सफा गर्ने रड १ थान, लागुऔषध खैरो हेरोइन २ ग्राम ४ सय मिलिग्राम, लागुऔषध तौल गर्ने डिजिटल तराजु २ थान, मोटरसाइकल २ थान, मोबाइल ५ थान, नगद ५० हजार रूपैयाँ र घटनामा प्रयोग भएको कपडा १ थानसमेत प्रहरीले बरामद गरेको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर