एक घण्टामै दुई अर्ब नाघ्याे शेयर कारोबार

साताको दोस्रो कारोबार दिन शेयर बजारमा तीव्र उतारचढाव देखिएको छ। एक घण्टाको अवधिमा सोमबार दुई अर्ब रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। बिहान ११ देखि मध्याह्न १२ बजेको बीचमा दुई अर्ब रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो।

यसअघि दैनिक दुई अर्ब रूपैयाँभन्दा कमको शेयर कारोबार हुँदै आएको थियो। आज पहिलो घण्टामा बजारमा उतारचढाव रहे पनि कारोबार उच्च भएको नेपाल स्कट एक्सचेञ्ज (नेप्से) ले जनाएको छ।

आइतबार लगातार तेस्रो सर्किट ब्रेक लागेर बजार १२:२७ बजे नै दिनभरिका निम्ति बन्द गरिएको थियो। आइतबार ९ मिनेटको शेयर कारोबारमा एक ४८ करोड २४ लाख रूपैयाँको शेयर कारोबार भएको थियो।

गएको बिहीबार दिनभर (बिहान ११ देखि दिउँसो ३ बजेसम्म) दुई अर्ब ७९ करोड रूपैयाँको शेयर कारोबार भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *