ग्लोबल आइएमई बैंकको स्टक ब्रोकरसम्बन्धी सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा

ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको जेबीएनएल सेक्युरिटिज् लिमिटेडले सोमबारदेखि धितोपत्र कारोबारसम्बन्धी सेवा सुरू गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच सो कम्पनीको उद्घाटन गरी टीएमएसमार्फत धितोपत्र खरिद सेवाको शुभारम्भ गरेका हुन् ।

समारोहमा अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यवसायिक सफलताको कामना गरे र धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्त्वपुर्ण भूमिका खेल्न सक्नुपर्ने बताए ।

त्यसैगरी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरूबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा यो कम्पनी उदाहरणीय हुने बताए ।

समारोहमा ग्लोबल आइएमई बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा, कम्पनीका सञ्चालकहरूलगायत बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबारका लागि इजाजतप्राप्त यो कम्पनीको कारोबार स्थान काठमाडौं महानगरपालिका-१०, नयाँबानेश्वर शंखमूलमार्ग र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको धितोपत्र दलाल सदस्य नं. ८९ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *