कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। बैठक आज दिउँसो १२ः१५ बजे सानेपास्थित कांग्रेस मुख्यालयमा बस्न लागेकाे हाे।

सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी लगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।

कांग्रेसका कार्यालयका मुख्यसचिव एवम् राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद पौडेलले बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीका विषयमा छलफल हुने जानकारी दिए। ‘बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्नेसहित गठबन्धन र सिट बाँडफाँडका विषयमा निर्णय गर्छ,’ उनले भने ।

पौडेलका अनुसार बैठकमा जाजरकोट भूकम्प र पार्टीको महासमिति बैठकको तयारीका विषयमा समेत छलफल गर्ने गरी एजेन्डा तय गरिएको छ। त्यस्तै, समसामयिक राजनीतिक विषयहरूमा समेत छलफल हुनेछ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदै छ भने कांग्रेसले पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बोलाएको छ। महासमिति बैठक तोकिएकै मितिमा गर्ने वा राष्ट्रिय सभा निर्वाचन पछिसम्म स्थगित गर्ने भन्ने विषयमा समेत कांग्रेसभित्र विवाद छ। शुक्रबारको बैठकले त्यसबारे समेत टुङ्गो लगाउने नेताहरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर