महानगरले ल्याएका गौरव र स्वर्णिम योजना सम्पन्नपछि राजधानीको मुहार फेरिन्छ : उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले ल्याएका १० गौरव र २५ स्वर्णिम योजनाहरू सम्पन्न भएसँगै संघीय राजधानीको मुहार फेरिने दाबी गरेकी छन्।

शुक्रबार २९ औं महानगर दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन्।

उनले काठमाडौं महानगरपालिकाले वृहत्तर विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा नीति कार्यक्रम र बजेट सोहीअनुसार बनाएको बताइन्।

उनले नियमित रूपमा सञ्चालन हुने दैनिक प्रशासनिक काम मात्र नभई नयाँ कामको पनि थालनी गरिरहेको बताइन्।

उनले हरेक सेवाग्राहीको न्यायमा सहज र सरल ढंगले पहुँच पुर्‍याउन निःशुल्क कानुनी सेवा उपलब्ध गराएको पनि बताइन्।

उनले महानगरका कामबाट महानगरवासी खुसी भएको अनुभूति गरेको बताइन्।

उपप्रमुख डंगोलले महानगरपालिकाले विभिन्न नयाँसँगै सिर्जनात्मक क्रियाकलाप अघि बढाइरहेको बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर