पार्टी सदस्यको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन जसपाको सर्कुलर

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यता वितरण तथा नवीकरणको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकका निर्णय सर्कुलर गर्दै जसपाले सबै मातहत समितिलाई यथाशीघ्र सदस्यहरूको अभिलेख पठाउन परिपत्र जारी गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बाँकी रहेका पार्टी समिति र भ्रातृ सङ्गठनलाई पार्टी विधानअनुरुप हुने गरी गठन, पुनःगठन गर्न भनिएको र पुनःगठनका लागि पुस मसान्तसम्मका समयसीमा निर्धारण गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर