दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा प्युठानका दुई युवाको मृत्यु

दाङको नारायणपुरमा गएराती टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार नारायणपुर झारबैरा चोक स्थित तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले बिपरित दिशा तर्फ जाँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

घटनामा प्युठानको झिम्रुक गाउँ पालिका ४ बाङ्गे बस्ने १७ वर्षका बिशाल जिसी र नौबहिनी गाउँपालिका लुङ बस्ने १८ वर्षका सागर केसीको मृत्यु भएको हो । दुबैलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा लगिएको थियो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनामा परेको मोटरसाइकल, टिप्पर र टिप्पर चालक रोल्पा रुन्टीगढी गाउँपालिका २६ वर्षका ईश्वर बुढालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर