सर्वोच्चका प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ आज सकिने

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरूकाे संसदीय सुनुवाइ आज (साेमवार) सकिने भएकाे छ। प्रस्तावित न्यायाधीश सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको आज सुनुवाइ हुँदै छ ।

यसका लागि संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बोलाइएको छ। आज दुई जनाको सुनुवाइ सकिएसँगै प्रस्तावित ६ जनाकै सुनुवाइ सकिने भएको हो। सुनुवाई सकेपछि आजै नाम अनुमोदन गर्ने समितिको तयारी छ।

यसअघि हिजोको समिति बैठकमा महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको सुनुवाइ भएको थियो। उनीहरुले समिति समक्ष आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।

पहिलो चरणमा प्रस्तावित न्यायाधीशद्वय सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर