मालीमा शान्ति मिसन बन्द भएसँगै स्वदेश फर्किए नेपाली शान्ति सैनिक 

पश्चिम अफ्रिकी मुलुक मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन बन्द भएसँगै त्यहाँ तैनाथ नेपाली शान्ति सैनिक स्वदेश फिर्ता भएका छन्।

राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ मालीमा संयुक्त राष्ट्र बहुआयामिक एकीकृत स्थिरीकरण मिसन (मिनुस्मा) मा तैनाथ ईओडी गुल्म नवौं डफ्फाका ५९ जना नेपाली शान्ति सैनिकहरू स्वदेश फर्किएका हुन्।

सेनानी प्रज्ज्वल थापाको नेतृत्वमा तैनाथ शान्ति सैनिकहरू हातहतियार तथा बन्दोबस्तीका सामग्रीहरूसहित संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा सोमबार स्वदेश फिर्ता भएका हुन्।

मालीमा शान्ति मिसन बन्द गर्ने राष्ट्रसंघको निर्णयपछि उक्त मिसनमा तैनाथ ईओडी गुल्मका १५६ एवं स्टाफ अधिकृत र सैनिक पर्यवेक्षक १२ समेत गरी १६८ जना नेपाली शान्ति सैनिकहरूमध्ये ९३ जना यसअगावै स्वदेश फिर्ता भइसकेका छन्।

उक्त मिसनमा बाँकी १६ जना नेपाली शान्ति सैनिकहरू पनि चाँडै फर्किने नेपाली सेनाले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *