चितवनमा ३ सय ८० किलो गाँजासहित दुई भारतीय पक्राउ

चितवनको भरतपुर महानगरपालिका-१,आँपटारीबाट करिब ३ सय ८० किलो अवैध लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्।

प्रहरीले मंगलबार बिहान भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाललाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच-०२ डब्ल्यू ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाइछिपाइ २८ वटा पोकामा राखेको उक्त परिमाणको गाँजा फेला पारेको हो।

पक्राउ परेका गिरी ट्रक चालक र राजपाल सहचालक हुन्।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर