तोकिएका सबै जिल्ला अधिवेशन स्थगित गर्ने एकीकृत समाजवादीको निर्णय

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठक अझै जारी रहेको र पुस ७ गते पुनः बस्ने पार्टीका सचिव जीवनराम श्रेष्ठले बताए ।

उनले कतिपय जिल्लाहरूले अधिवेशन गर्ने तयारी गरिरहेको र कतिले अधिवेशन तोकिसकेको अवस्था रहेको भन्दै महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेको हुनाले जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय भएको बताए। ।

माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकपछि मात्रै पुनः मिति तोक्ने गरी तोकिएका सबै अधिवेशनहरू स्थगित निर्णय गरिएको उनको भनाइ छ ।

उनले महाधिवेनमा कसरी नेतृत्व चयन गर्ने भन्ने बारेमा पनि बैठकमा छलफल भएको बतए । उनले केन्द्रीय कमिटीको आकार, महाधिवेशन निर्वाचनको विधिबारे पनि छलफल भइरहेको बताए ।

सचिव श्रेष्ठले संगठनको संरचनालाई कसरी लैजाने भन्नेबारे पनि छलफल भइरहेको बताए ।

विधानमा ७० वर्षको उमेरको सीमा तोकेको भए पनि सबैखालका उमेर समूहलाई समेटेर लैजानेबारे पनि छलफल भइरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर