टीआरसी विधेयक सर्वसम्मतिबाट नटुंगिए प्रक्रियागत रूपमा टुंग्याउनुपर्छ : सभामुख

सभामुख देवराज घिमिरेले सर्वसम्मतिबाट शान्ति प्रक्रियाका बाँकी काम टुंगिन नसके प्रक्रियागत रूपमा टुंग्याएर कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा भएको ‘संक्रमणकालीन न्यायमा बारूदी सुरूङ र विष्फोटक पदार्थका पीडितहरूको न्याय तथा माइन एक्सनमा समावेशिताको सवाल’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले यो सबैको साझा समस्या भएकाले सकेसम्म सर्वसम्मत रूपमा टुंग्याउनुपर्ने र सर्वसम्मत हुन नसके प्रक्रियागत रूपमा टुंग्याई कार्यान्वयनको चरणमा लैजानुपर्ने बताए।

उनले एकले अर्कोलाई दोष देखाएर नभई जिम्मेवारीमा बसेका बेलामा यसको समाधान खोज्नुपर्ने बताए। शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने उनले बताए।

उनले सत्तापक्ष, प्रतिपक्ष, सरकार, गैरसरकारी संस्था, बुद्धिजीवी, राजनीतिज्ञहरू सबै मिलेर शान्ति प्रक्रियाका बाँकी काम ढिलो नगरी टुंग्याउनुपर्ने बताए। उनले शान्ति प्रक्रियाका बाँकी काम अमूक-अमुक नेताहरूको अघि सारेर मात्रै नटुंगिने आशंका व्यक्त गरे।

सभामुख घिमिरेले टीआरसीसँग सम्बन्धित विधेयक समितिबाटै टुंग्याउन सबैले पहल गर्नुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर