मुलुकको शासन कुशासनमा नाच्दा अर्थतन्त्र माथि उठ्न सकेन : मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले देशको शासन पारदर्शी बनाउने बाटोमा लागे मुलुकको अर्थतन्त्र तत्काल माथि उठ्ने दाबी गरेका छन्।

शुक्रबार वैदेशिक सहयोगको प्रभावकारितामा आधारित डा. डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै कांग्रेस नेता रिजालले यस्तो बताएका हुन्।

उनले पछिल्लो ७ वर्षमा मुलुकको शासन कुशासनमा नाच्नु मुख्य समस्या भएको बताए। उनले सबै पूर्वाधार तयार हुँदा पनि नेपालको अर्थतन्त्र माथि जान नसक्नु देशको शासन कुशासनमा चल्नु भएको उल्लेख गरे।

उनले मुलुकमा जनताले तिरेको कर र वैदेशिक ऋणलाई पारदर्शी बनाउन आवश्यक रहेको बताए। उनले अहिलेको अवस्थाको मुलुकको कुशासनको निरन्तरताले मुलुकको अर्थतन्त्र कहीँ पुग्न नसक्ने बताए।

उनले मुलुकको अर्थतन्त्र माथि उठे स्वदेशी तथा विदेशी लगानी सहज रूपमा आउने बताए। उनले अर्थतन्त्र सबल बन्ने सबै आधारहरू बनेकाले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूले नेपालको विकासमा सहभागिता जनाउन सहज हुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर