कांग्रेसको बागमती प्रदेश सम्मेलन शनिबार काठमाडौंमा, सभापति देउवाले उद्घाटन गर्ने

नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन शनिबार काठमाडौंमा हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली कांग्रेस वागमती प्रदेशको प्रदेश सम्मेलन शनिबार काठमाडौंमा हुने बताए । उनले सम्मेलनको पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने बताए ।

कांग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश अधिवेशन गरिसकेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर