‘दोहोरो भिडन्तबाहेकको हत्या’ भनेर मात्रै गम्भीर मानव अधिकार उल्लंघनको विषय समेटिँदैन : सांसद परियार

नेपाली कांग्रेसका सांसद जीवन परियारले ‘दोहोरो भिडन्तबाहेकको हत्या’ भनेर मात्रै गम्भीर मानव अधिकार उल्लंघनको विषय नसमेटिने बताएका छन्।

शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद परियारले स्वेच्छाचारीपूर्वक/क्रूरतापूर्वक गरिएको हत्यालाई गम्भीर मानव अधिकार उल्लंघनको घटनाको रूपमा लिनुपर्ने बताए।

त्यसैगरी विगतमै अयोग्य लडाकु भनिएका र राज्यले लोकतान्त्रिक योद्धा भनेर समेत सम्बोधन गरिसकेकाहरूलाई ‘सशस्त्र द्वन्द्वका क्रममा विभिन्न ढंगबाट जोडिएका र प्रभावित भएका व्यक्तिहरू’ भन्ने शब्द राखेर विधेयकमा सहमति जुटाउन सकिने बताए।

उनले मानव अधिकार उल्लंघनका घटनामा मेलमिलाप हुन नसकेको अवस्थामा अदालती प्रक्रियामा जान सकिने र सजायको सन्दर्भमा भने अदालतले नै तोक्ने व्यवस्था गर्नुपर्ने बताए।

उनले न्यायाधीश नियुक्तिमा समावेशीकरणको सिद्धान्त लागू नगरिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।

प्रतिक्रिया

One thought on “‘दोहोरो भिडन्तबाहेकको हत्या’ भनेर मात्रै गम्भीर मानव अधिकार उल्लंघनको विषय समेटिँदैन : सांसद परियार

  1. पहिला दोहोरो भिडन्तको परिभाषा गरौं । कस्तोलाई दोहोरो भन्ने मान्ने । मेरो बुझाईमा बास्तबमा दोहोरो भिडन्त कमै भएका छन् । अधिकांश ठुला घटनाहरु बिद्रोहिले मध्यरातमा झुक्याएर सुरक्षाकर्मी माथी आक्रमण गरेपछि, सुरक्षाकर्मीले आत्मरक्षाको लागी गर्नैपर्ने प्रतिरोध सम्म गरेका हुन् । यदि सेना प्रहरीले बिद्रोहिको क्याम्पमा बिद्रोहिले जसरी आक्रमण नै गरे अवस्था भए बिद्रोहिहरु पुरै समाप्त हुन्थे ।
    त्यसैले राज्यले लाए अह्राए बमोजिमको ड्युटीमा खटिएको वा तोकिएको ब्यारेकमा बसेको/सुतेको मध्यरातको समयमा गरिएको चोरि आक्रमण – मानवअधिकारको गम्भीर उलंघन मात्रै हैन, यो राज्य विरुद्धको आतंककारी हमला हो ।
    त्य
    यो कस्तो राजनीतिक आंखा हो ? एउटै घटनालाई पहिला आतंककारि देख्ने अहिले राजनीतिक गतिविधि ?

    गरेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर