बर्दियामा बाघको आक्रमणबाट बालकको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।

बारबर्दिया नगरपालिका-४, बैरिया गाउँका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमणबाट मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए।

शनिबार दिउँसो १२:३० बजे बबई नदीमा नुहाउन गएका सुमितलाई जिरा सामुदायिक वन नजिकै पाटेबाघले आक्रमण गरेर घाइते बनाएको थियो।

उपचारका लागि आरसी थारू मेमोरियल अस्पताल जयनगर लगिएका उनको १:३० बजे मृत्यु भएको हो।

उनको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर