विपिन जोशीको रिहाइका लागि कूटनीतिक प्रयास जारी छ : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलसँग युद्धरत प्यालेस्टिनी लडाकु समूह ‘हमास’ को नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताएका छन्।

न्यूज लाइन्स मिडियाको आठौँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा उनले सो कुरा बताएका हुन्।

हमासले पहिलो पटक इजरायलमाथि आक्रमण गर्दा विपिन उसको अपहरणमा परेका थिए। त्यसयता उनी सम्पर्कविहीन छन्।

इजरायली सेनाले भने उनी हमासको कब्जामा रहेको बताएको छ।

मन्त्री साउदले दुई पक्षबीच युद्धविराम तथा बन्धक रिहाइका लागि मध्यस्थता गरिरहेको कतारका प्रधानमन्त्रीसँग पनि विपिनको रिहाइको पहलका लागि आग्रह गरेका थिए।

त्यहाँका प्रधानमन्त्रीलाई उनीसँगको द्विपक्षीय भेटवार्तामा यस्तो आग्रह गर्दा सकारात्मक जवाफ आएको मन्त्री साउले हालै बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर