अरू नेता प्रवास गए, किसुनजी नेपाली माटोबाटै पञ्चायतविरूद्ध लड्नुभयो : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पञ्चायतलाई परास्त गर्न स्व. नेता कृष्णप्रसाद भट्टराईको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।

आइतबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पञ्चायविरूद्धको आन्दोलनलाई नेपाली माटोबाटै लडेर जित्नका लागि नेता भट्टराईले स्वदेशमै बसेर आन्दोलनको नेतृत्व गरेको भन्दै नेता भट्टराईको संघर्ष विशेष रहेको बताए।

उनले स्व. नेता बीपी कोइरालालगायतका नेताहरू पञ्चायतविरूद्धको आन्दोलनका लागि प्रवासमा गए पनि नेता भट्टराईले स्वदेशमै रहेर आन्दोलन गर्नु विशेष रहेको खड्काले बताए।

उपसभापति खड्काले नेता भट्टराईको निष्ठा र जीवनबाट सिकेर सरकार र पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर