मध्यपहाडका समस्या र माग सम्बोधनका लागि पहल गर्नेर्छौं : अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा देखिएका समस्या र मागहरूको अध्ययन, विश्लेषण गरी सम्बोधनका लागि पहल गर्ने जानकारी दिएका छन् ।

सो पार्टीले मध्यपहाडी लोकमार्गकेन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का उपलब्धिलाई आज पार्टी कार्यालय ललितपुरमा सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै उनले भने, ‘समस्याका ती विषय राज्यको जुन तह- सङ्घीय, प्रादेशिक या स्थानीय तहसँग सम्बन्धित छ, त्यहाँ बुझाउने छौँ । तिनको समाधानका लागि सम्बन्धित निकायसँग ध्यानाकर्षण र पहल गर्नेछौँ ।’

उनले मध्यपहाडको विकास र समृद्धिसम्बन्धी ठोस परियोजना सार्वजनिक गर्ने बताए । अध्यक्ष ओलीले भने, ‘यस क्रममा हामी विज्ञहरू, जनप्रतिनिधिहरू र अन्य आवश्यक पक्षसँग सघन छलफल गर्नेछौँ, गहन अध्ययन गर्नेछौँ । हाम्रो सङ्कल्प छ, हामी पहाडी भूभागलाई समृद्धिको केन्द्र बनाउने छौँ ।’

बैतडीको झुलाघाटबाट गत मङ्सिर १४ गते सुरू भएको उक्त यात्रा यही पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको थियो । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ को मर्म एवं भावनाअनुरूप उक्त अभियानका अभियानमा ३० जिल्ला हुँदै दुई हजार किलोमिटरभन्दा यात्रा गर्दै जनसभा, कोणसभा, साना भेला र जमघट, सर्वदलीय र सर्वपक्षीय बैठकहरू, सांस्कृतिक कार्यक्रम र अन्तरक्रियाहरुका माध्यमबाट लाखौँ नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद गरिएको एमालेले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर