स्थानीय तह आफैंले पाठ्यक्रम बनाउनुपर्छ : सांसद भट्टराई

नेकपा (एमाले) की सांसद विद्या भट्टराईले स्थानीय तह आफैंले पाठ्यक्रम बनाउन सक्ने व्यवस्था गर्नुपर्ने बताएकी छन्।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भट्टराईले विद्यालय शिक्षा विधेयकमा स्थानीय तह आफैंले आफ्नो पाठ्यक्रम बनाउने व्यवस्था गर्नुपर्ने बताएकी हुन्।

उनले पाठ्यक्रमको सन्दर्भमा संघले स्थानीय तहलाई निर्देशन दिने हक नराख्ने बताइन्।

उनले संविधानको कार्यान्वयन गर्ने भए संविधानको मर्मसँग बाझिने गरी ऐन बनाउन नहुने बताइन्। उनले संविधानको आधारभुत र मौलिक मर्महरूलाई बिर्सिएर ऐन बनाएर उद्देश्य पूरा गर्न नसकिने भन्दै यसतर्फ सबै गम्भीर हुनुपर्ने बताइन्।

उनले शिक्षक महासंघसँग सरकारले गरेको सम्झौताका बारेमा समितिलाई जानकारी गराउन माग पनि गरिन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर