कैद सजाय सकिने दिन नै मोरङ कारागारका एक कैदीको मृत्यु

मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको मृत्यु भएको छ। लेनदेनमा ठगी सम्बन्धी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर- १० का ४८ वर्षीय चण्डेश्वर सहनीको सोमबार बिहान मृत्यु भएको हो।

कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा सहनीको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ। पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई पुस ७ गते अस्पताल लगेको थियो।

आफन्तहरूले समयमै जानकारी नदिइएको र उपचारमा लापरबाही भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका छन्। १० महिना २२ दिनको कैद सजाय सुनाइएका सहनीको सोमबार नै कैदीका रूपमा अन्तिम दिन थियो।

लेनदेन मुद्दामा उनलाई मोरङ जिल्ला अदालतले २०७८ मंसिर २० गते १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो। तत्कालीन अवस्थामा फरार रहेका उनलाई पछि पक्राउ गरेर कारागार चलान गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर