सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, वीपी राजमार्ग अवरुद्ध

वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। सोमबार बिहान भएकाे दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी २४/२५ वर्षको युवकको मृत्यु भएको छ। यस्तै मोटरसाइकल पछाडि सवार खोटाङको दिक्तेल-१० बस्ने १८ वर्षीया मुनकला राई रहेको प्रहरीले जनाएको छ।

बस चालक रामेछाप मन्थली १३ का २४ वर्षीय रुपेश अधिकारी र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बागमती प्रदेश ०१ ००६ ख ४५९३ नम्बरको बसको भित्र पसेको मोइटरसाइकलका चालक र पछि बसेका दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि राजमार्गमा सवारी आवागमन रोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर