पर्यटनमन्त्री किरातीको बर्खास्ती माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको बर्खास्तीको माग गर्दै प्रदर्शन भएको छ ।

सनातन धर्मावलम्बीहरू सोमबार गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किरातीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गर्न बानेश्वर आइपुगेका हुन् । उनीहरूले शंख फुक्दै मन्त्री किरातीको राजीनामा मागेका थिए ।

विरोध प्रदर्शनमा सहभागी भएकाहरुले मन्त्री किरातीले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री पदमा बसिरहन योग्य नरहेको बताए । उनीहरूले ‘गैरजिम्मेवार मन्त्री राजिनामा दे’, ‘आफ्नो मर्यादा पालन गर’ लगायतका प्लेकार्ड र नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर