शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरू सकारात्मक

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरू सकारात्मक देखिएका छन् ।

सरकारपीडित केन्द्रित कानुन बनाउने कुरामा सरकार तयार भएकाले शीर्ष नेताहरू टीआरसी विधेयक टुंग्याउनमा सकारात्मक देखिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) बीचका नेताहरूको छलफल भएको र पीडितमैत्री कानुन बनाउने हो भने तत्काल प्रक्रिया अघि बढ्ने बताए ।

उनले भिक्टिमले न्याय पाएको अनुभुति गर्नेगरी कानुन बन्ने सहमति शीर्ष नेताहरूमा जुटेको र आउँदो हिउँदे अधिवेशनमा टीआरसी विधेयक संसदमा प्रस्तुत हुने बताए । उनले सरकार पीडितमैत्री कानुन बनाउन सकारात्मक भएकाले आउँदो अधिवेशनमा विधेयक प्रस्तुत गर्ने सहमति करिब-करिब जुटेको बताए ।

सचेतक बर्तौलाले आउने संसदमा विधेयक प्रस्तुत गर्नका लागि शीर्ष नेताहरू एकजुट भई संवादमार्फत विषय टुंग्याउनु राम्रो कुरा भएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर