गाजाको द्वन्द्व तत्काल अन्त्य हुने प्यालेस्टिनी राष्ट्रपतिको आशा

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजा र कब्जा गरिएको प्यालेटिनी क्षेत्रका बाँकी भूभागमा द्वन्द्व अन्त्य हुने आशा व्यक्त गरेका छन् ।
‘यो हमला, जबरजस्ती विस्थापन र हजारौँ घरलाई ध्वस्त पार्ने प्रयासबाट हाम्रा कुनै पनि व्यक्ति अछुतो रहेनन्,’ उनले एक भाषणमा भने, ‘रगतको खोलो, ठूलो बलिदान, पीडा र आफ्नो भूमिमा प्यालेस्टिनी जनताको वीरतापूर्ण दृढ स्वतन्त्रता तथा मर्यादाको बाटो हो ।’

गाजास्थित स्वास्थ्य मन्त्रालयले गाजापट्टीमा जारी इजरायली हमलामा पछिल्लो २४ घन्टामा कम्तीमा एक सय ६६ प्यालेस्टिनीको मृत्यु र तीन सय ८४ जना घाइते भएको जनाएको छ । प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार गाजापट्टीका अधिकांश भागमा हवाई, स्थल र समुद्रबाट तीव्र इजरायली बमबारीका साथै भूमिगत कारबाही जारी रहँदा त्यतिका सङख्यामा प्यालेस्टिनीको ज्यान गएको हो ।

अल-जायटोन छिमेकको पूर्वी बाहिरी इलाका र गाजा सहरको दक्षिणी इलाकामा पछिल्लो केही घन्टामा सबैभन्दा तीव्र झडपहरू भएको र यसक्रममा विस्फोटको आवाज पनि सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

यसैबीच इजरायली सेनाले मध्य देइर अल-बलाह सहरमा अल-बराका छिमेकमा मानवीय उद्देश्यका लागि सैन्य गतिविधिलाई अस्थायी रणनीतिक निलम्बनको घोषणा गरेको छ । यो निलम्बन छ घन्टासम्म चल्नेछ ।

इजरायली सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घन्टामा लडाइँमा आठ सैनिक मारिएको र १३ जना घाइते भएका छन् ।

गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ मा युद्ध सुरू भएयता हालसम्म २० हजार चार सय २४ प्यालेस्टिनी नागरिक मारिएका छन् भने ५४ हजार ३६ जना घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर