युवा पलायन रोक्न स्वदेशमै रोजगारी र सीपमूलक शिक्षा दिनुपर्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौंको संख्यामा बिदेसिरहेका नेपालीहरूलाई रोक्न स्वदेशमै रोजगारी र सीपमूलक शिक्षा दिनुपर्ने बताएका छन् ।

मंगलबार सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक-आर्थिक अवस्था र देशको आवश्यकताअनुरूप निर्धारण हुनुपर्ने बताए ।

उनले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुन सक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता भएको बताए ।

राष्ट्रपति पौडेलले लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद यसको उपभोग गर्ने मानिसको अभाव हुने गरी गाउँ रित्तो भएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले गाउँ किन रित्तिँदैछ भन्ने बारेमा नीति निर्माण र शासन सत्तामा बस्नेहरूको चासो र चिन्ता हुनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले विश्व बजारमा प्रतिस्पर्धी हुन सक्ने शिक्षा नीति र कार्यक्रमका लागि सामूहिक प्रयत्नको जरूरी रहेको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर