राष्ट्रियसभा चुनावका लागि उम्मेदवार छान्न जसपाको केन्द्रीय कार्यकारिणी समितिकाे बैठक सुरू

जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरू भएको छ ।

पार्टी कार्यालय बालकुमारीमा बैठक सुरू भएको सो पार्टीको केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन गर्न बैठक सुरू भएको हो ।

यसैगरी आजको बैठकमा यही पुस २५ गतेदेखि काठमाडाैँमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरू हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल गरिने केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

जसपाले आफ्ना सदस्यहरूलाई जिम्मेवारी बाँडफाँट गर्न पार्टीको कार्यकारिणी सदस्य एवं सङ्गठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ र सात प्रदेश समितिका इञ्चार्ज रहेको कार्यदल गठन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर