सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा उत्तरपुस्तिका च्यात्ने दुई जनालाई कारबाही

लोकसेवा आयोगबाट सञ्चालित परीक्षामा अनियमित कार्य गर्ने दुई जना कारबाहीमा परेका छन् । आगामी एक वर्षसम्म लोकसेवाले लिने कुनै पनि परीक्षामा सामेल हुन नपाउने गरी उनीहरूलाई कारबाही गरिएको हो ।

सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा सहभागी सचिन पटेल र लक्षिमा खड्काले आफ्नो उत्तरपुस्तिका च्यातेको पाइएकोले कारबाही गरिएको आयोगले जनाएको छ ।

लोकसेवा आयोग ऐन, २०७९ को दफा ४१ (१) खण्ड (क) बमोजिमको कसुरमा आयोगले उनीहरुलाई कारबाही गरेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *