अरुण तेस्रो र अपर अरुण जल विधुत आयोजनाले नेपाल र भारत दुबै देशलाई समान लाभः एसजेवीएन

नेपालमा अरुण तेस्रो र अपर अरुण जल विधुत आयोजना बनाइरहेको भारत सरकारको एसजेवीएन लिमिटेडले ९ सय मेगावाटको अरुण तेस्रो र १ हजार ६१ मेगावाटको अपर अरुण जल विधुत आयोजना संचालन भए नेपाल भारत दुबै देशलाई समान लाभ हुने जनाएको छ ।

भारतको हिमाचल प्रदेशस्थित नाथपा झाकडी जल विधुत आयोजनाका कार्यकारी निर्देशक मनोज कुमारले अरुण तेस्रो र अपर अरुणबाट उत्पादन भए नेपाललाई तत्काल चाहिने बिद्युतको माग पुरा भएर उसले भारत र बंगलादेशलाई बेच्न सक्ने बताएका हुन् । उनले नेपालको अधिकतम माग २५ सय मेगावाट प्रयोग गरेर बाँकी रहेको बिद्युत भारत र बंगलादेशलाई बेच्न सक्ने बताएका हुन् ।

नेपालमा भारतको सहयोगमा एसजेवीएनले संखुवासभामा अरुण तेस्रो जल विद्युत आयोजना निर्माण गरिरहेको छ । निर्माणमा पछिल्लो समय देखिएको जग्गा मुअब्जा समस्यालाई तत्काल समाधान गर्न पहल गर्नुपर्ने पनि कार्यकारी निर्देशक कुमारले बताए ।

उनले हिमाचल प्रदेशको झाकडी ग्रामस्थिति सतलुज नदिमा एसजेबीएन लिमिटेडले बनाइरहेको भारतकै सबैभन्दा ठुलो १५०० सय मेगावाटको नाथपा झाकडी जल विधुत स्टेसनको स्थलगत अवलोकनकाक्रममा यस्तो बताएका हुन् । अवलोकनमा नेपालबाट भारत गएका मैत्रीपूर्ण अध्ययन टोलीसमेत सहभागी थियो ।

भारतमा जल विद्युत आयोजनाहरुको अध्ययनका लागि सर्वदलीय टोलीले अवलोकन भ्रमण गरेको हो । टोलीमा नेपाली कांग्रेसबाट अनिल रुङगटा र नयनसिंह महर, नेकपा एमालेबाट सुनिता बराल र सूर्य पाठक, नेकपा माओवादी केन्द्रबाट रेणु चन्द र अजयशंकर नायर, नेकपा समाजवादीबाट गोमा विष्ट, जसपाबाट रामआशिष यादव र जनमतबाट दिपक शाहलगायत टोलीमा सहभागी थिए ।

अवलोकन भ्रमणमा कार्यकारी निर्देशक मनोज कुमारले नेपालबाट भारत गएका मैत्रीपूर्ण अध्ययन टोलीका नेताहरूलाई सम्मान गरेका थिए ।

भारतले सतलुज नदिमा मात्रै ६ वटा जल विद्युत योजना निर्माण गर्न सफल भएको छ । कार्यकारी निर्देशक कुमारका अनुसार सतलुज नदिका विभिन्न स्थानमा करचव वांचु जल विधुत स्टेसन १२ सय मेगावाट ,नाथपा झाकडी १५ सय मेगावाट , रामपुर जल विद्युत स्टेसन ४ सय १२ मेगावाट ,कोलडैम तत्तापानी जल विद्युत स्टेसन ८ सय मेगावाट संचालन भइसकेको छ । यस्तै लुहरी जल विद्युत स्टेसन २ सय १० मेगावाट र सुन्नी जल विधुत स्टेसन ३ सय ८२ मेगावाट सहितका आयोजना एकवर्ष भित्रमा संचालन हुने उनले बताए ।

हिम नदि, पहाडी नदि गरि ६ हजार नदि रहेको देश नेपाल जलमा ब्रजिल पछि विश्वकै दोस्रो धनि देशको रुपमा रहेको छ। ती ठुला र साना नदिहरुबाट ५० हजार मेगावाट भन्दा बढि विधुत उत्पादन गरि नेपाल विद्युत बिक्री गरेर मात्रै समृद्ध देश बन्न सक्ने प्रबल सम्भावना रहेको उर्जा जानकारहरु बताउँछन् ।

नेपाल विधुत प्राधिकरण अन्तर्गत ४५६ मेगावाटको तामाकोसी जल विद्युत आयोजना, १०६ मेगावाटको कुलेखानी, १२ मेगावाटको बुढी गण्डकी जल ,१४४ मेगावाटको कालीगण्डकी गरि साना ठुला विभिन्न नदिहरुमा १ दर्जनभन्दा बढी जल आयोजनाबाट वर्षाको मौसम करिब २३ सय मेगावाट र जाडोको समय १२ देखि १३ सय मेगावाट विद्युत उत्पादन गरि रहेको सुर्यनारायण मंडलले जानकारी दिएका छन् ।

नेपाल विद्युत प्राधिकरणले अध्ययन गरि प्रस्तावित गरेको १०६१ मेगावाटको अपर अरुण, ८११ मेगावाटको उत्तर गंगा,६३५ मेगावाटको दुधकोशी जल ,२१० मेगावाटको चयनपुर सेती सहितका जल विद्युत आयोजनाहरु निर्माण गर्न ठोस कदम चालेमा देश विद्युतमा आत्म निर्भर भइ समृद्धिको बाटोमा अघि बढ्ने जानकारहरुको भनाइ छ ।

भुटानले भारत सरकारको सहयोगमा ३३६ मेगावाट को चुखासहित ४ वटा आयोजना संचालन गरि भारतसंग विद्युत बिक्री गरेर जिडिपी बढाएको छ ।
भुटानले भारतको सहयोगमा अतिरिक्त जल विद्युत आयोजनाहरु निर्माण गरि १० हजार मेगावाट विद्युत भारतलाई बेच्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर