नेपाल दिन प्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको छ : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल दिन प्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको बताएका छन्।

आइतबार ललितपुरमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले नेपालमा पाइने च्याउहरूलाई प्रवर्द्धन र बजारीकरण गर्न जरूरी रहेको बताए। उनले नेपाल जैविक विविधतालाई उपयोग गर्ने सन्दर्भमा धेरै नै पछि परेको जिकिर गरे।

उनले विदेशी च्याउलाई विस्थापित गरी स्वदेशी च्याउको बजारीकरण गर्न जरूरी रहेको बताए। गत १० वर्षयता सकारले च्याउ उत्पादक किसानलाई आवश्यक महत्त्व र स्थान दिन नसकेको उनले बताए।

सभामुख घिमिरेले अरू क्षेत्रको अनुसन्धानमा महत्त्व दिएजसरी नै नेपालमा पाइने च्याउहरूलाई अनुसन्धान गरी बजारीकरण गर्ने कुरामा ध्यान दिन जरूरी रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर