बसले ठक्कर दिएर स्कुलबाट घर फर्किंदै गरेका बालकको मृत्यु

दाङस्थित घोराही तुलसीपुर सडकखण्डमा यात्रुवाहक बसले विद्यालयबाट घर फर्किरहेका बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ आइरहेको भे १ ख ३६९७ नम्बरको बसले आज दिउँसो तुलसीपुर उपमहानगरपालिका-१७, दूधरासमा ८ वर्षीय उत्तम चौधरीलाई ठक्कर दिएको थियोे ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले ठक्कर दिने बसलाई नियन्त्रणमा लिइएको र चालकको खोजी भइरहेको जानकारी दिए । घटनापश्चात् स्थानीयले सो सडक अवरूद्ध गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर