उपरथी घिमिरेलाई वार कलेज र ढकाललाई सैनिक सचिव विभागमा पदस्थापन

प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पवन राज घिमिरे र सहायक रथी चोक बहादुर ढकाललाई पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

पदोन्नतिसँगै उपरथी घिमिरे नेपाली सैनिक वार कलेजमा शिक्षाधिकृत तथा उपरथी ढकाल सैनिक सचिव विभाग, अतिरिक्त समूहमा नियुक्त भएका छन् ।

सरकारको १२ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका दुई जना सहायक रथीलाई उपरथी र आठजना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको हो।

उपरथीमा बढुवा भएका घिमिरे नेपाली सैनिक वार कलेज, नगरकोटमा र ढकाल लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा कार्यरत थिए।

यस्तै प्रधानसेनापति शर्माले सरकारको सोही मितिको निर्णयले महासेनानीबाट सहायक रथीमा बढुवा भएका ८ जनालाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रधान गरेका छन् ।

सहायक रथीमा बढुवा हुनेहरुमा कमल बानिया पिएचडी, राजाराम बस्नेत, रोज प्रताप राणा, संजय देउजा, पुरन घले, राजेन्द्र श्रेष्ठ, नारायण बहादुर थापा र लेखा महासेनानी राजन अधिकारी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर