भारतीय समकक्षीको नेपाल भ्रमणअघि परराष्ट्रमन्त्रीले गरे पूर्व-परराष्ट्रमन्त्री, सचिव र राजदूतसँग छलफल

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतहरूसँग छलफल गरेका छन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आज उनले उक्त छलफल गरेका हुन् । छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतले नेपाल-भारत सम्बन्धका विभिन्न कार्यसूचीमा सुझाव दिएको मन्त्री सादउले जानकारी दिए ।

‘उहाँहरूले भारतसँगको नेपालको सम्बन्ध महत्त्वपूर्ण रहेकामा जोड दिँदै सम्बन्धलाई मित्रवत, सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रूपमा अगाडि बढाउँदै लैजानुपर्ने सुझाव दिनुभयो,’ मन्त्री साउदले भने ।

छलफलमा बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनुपर्ने, विद्युत् व्यापारलाई विस्तार गर्नुपर्ने, क्रस बोर्डर पूर्वाधार सुदृढ गर्नुपर्ने, विगतमा थालिएका विकास आयोजना समयमै सम्पन्न गर्न जोड दिनुपर्ने, हवाई रूटलगायतका विषय सम्बोधन गर्नुपर्ने विषयमा पनि सुझाव प्राप्त भएको उनले बताए ।

मन्त्रालयमा सम्पन्न छलफलमा पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापा, पूर्वपरराष्ट्रसचिवहरू मधुरमण आचार्य, अर्जुन थापा, दुर्गा भट्टराई, भरत पौडेल, पूर्वराजदूत दुर्गेशमान सिंहलगायतको सहभागिता रहेको थियो ।

याे पनि : भारतीय विदेशमन्त्री जयशंकर १९ पुसमा नेपाल आउने, यस्तो छ भ्रमण कार्यक्रम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर